पेसवानको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा क्रियाशील सामाजिक संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल ( पेसवान ) ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम, गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्दै सामाजिक परीक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा संस्थाले आर्थिक वर्षभरि सञ्चालन गरेको उत्थानशिल भविष्य बालविवाहको अन्त्य परियोजना, बालअधिकार संरक्षण, तथा समुदाय विकाससँग सम्बन्धित गतिविधिहरूको विवरण प्रस्तुत गरेको थियो ।

साथै कार्यक्रममार्फत संस्थाको आय–व्यय, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे सरोकारवालाहरूलाई जानकारी गराइएको थियो ।

सामाजिक परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, लाभग्राही, सञ्चारकर्मी तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले संस्थाले सञ्चालन गरेका कार्यक्रमहरूको प्रभावकारिताबारे सुझाव तथा प्रतिक्रिया दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखकले सामाजिक परीक्षणले संस्थाहरूको पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले समुदायको आवश्यकता पहिचान गरी लक्षित वर्गसम्म प्रभावकारी सेवा तथा कार्यक्रम पु¥याउन यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गर्नुभयो ।

उपप्रमुख लेखकले गैरसरकारी संस्था र स्थानीय सरकारबीचको सहकार्यले सामाजिक तथा आर्थिक विकासका कार्यहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पेसवानले महिला, बालबालिका तथा समुदायको विकासका क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्न पालिकाले पनि सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

संस्थाका अध्यक्ष अध्यक्ष डा. तिलमाया ढकाल खरेलले संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्न आजको कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

उत्थानशिल भविष्य बालविवाहको अन्त्य परियोजनाका संयोजक गणेस प्रशाद बोहराले प्लान ईन्टरनेसन नेपालको साझेदारीमा भीमदत्त नगरपालिका र दोधारा चाँदनकिा का ६ वटा वडामा यो कार्यक्रम संचालन रहेको बताउनु भयो ।

साथै उहाँले सरकारले २०३० सम्म बाल विवाहलाई न्युनिकरण गर्ने अवधारणालाई सहयोग गरीरहेको बताउनु भयो ।कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

उनीहरूले समुदायको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्न तथा प्राप्त सुझावलाई आगामी योजनामा समेट्न आग्रह गरेका थिए ।

पेसवानले सामाजिक परीक्षणमार्फत प्राप्त सुझावलाई संस्थागत सुधार तथा आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन उपयोग गरिने जनाएको छ ।

 

सम्बन्धित

Comments are closed.