पेसवानको आयोजनामा तीन दिने युवा अनुकुलन प्रशिक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा युवाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यले तीन दिने युवा अनुकुलन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक संस्था पेसवानको आयोजनामा तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा भीमदत्त नगरपालिका १, ३ र १३ का २५ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । प्रशिक्षणका क्रममा नेतृत्व विकास, जीवन उपयोगी सीप, सामाजिक उत्तरदायित्व, समुदायमा युवाको भूमिका, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका असर र अनुकूलनका विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।

संस्थाका अनुगमन तथा मुल्याङकन अधिकृत लोकसिंह खडकाले जलवायु परिवर्तन के हो ? यसले कस्तो असर गर्दछ ? यसले कस्तो क्षेत्रमा असर गर्दछ ? यसले असर गर्दा युवाहरुको भुमिका कसरी काम गर्ने विषयमा रहेर यो तालिमको आयोजना गरीएको बताउनु भयो ।

साथै उहाँले युवाहरूलाई सशक्त, जिम्मेवार तथा समुदायप्रति उत्तरदायी बनाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिनु भयो । सहभागी भीमदत्त नगरपालिका १३ का जनक सोनाहले यो तालिम अति नै उपलब्धी मुलक रहेको र धेरै ज्ञान हासिल गर्न सकेको बताउनु भयो ।

साथै उहाँले विदको बेलामा युवाहरुको भुमिका कस्तो रहे छ भन्ने पनि जानकारी पाएको बताउनु भयो । यस्तै अर्का सहभागी, भीमदत्त १३ की सबिता भट्टले यो तालिमबाट थप हौसला र ज्ञान पाएको बताउनु भयो ।

विपदमा आफनो जिवन बचाउने र समुदायको पनि सुरक्षा दिने युवाहरु रहेको र सबैले विपदमा हातेमालो गर्ने ज्ञान पाएको बताउनु भयो ।

सहभागी अन्यले युवाहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएकाले उनीहरूको क्षमता विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।

सहभागी युवाहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्दै समुदायको विकास र सामाजिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित

Comments are closed.