महेन्द्रनगर । कञ्चनपुरमा पुनरुत्पादन कृषी प्रवद्र्धनका लागि विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा कृषि क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, कृषक समूह, सहकारी संस्था तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पुनरुत्पादन कृषीको महत्व, दिगो कृषि प्रणालीको विकास, माटोको उर्वराशक्ति संरक्षण, जैविक उत्पादन प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका विषयमा छलफल गरिएको थियो । संस्थाका कार्यक्रम संयोजक गणेश बोहराले कृषी क्षेत्रमा सरोकार राख्ने निकायका पदाधिकारीहरु संग रहेर यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
उत्थानिशल भविष्य बालविवाहको अन्त्य परियोजना अन्तरगत रहेर १८ देखी २४ वर्षका महिलाहरुलाई उद्यमी बनाउने उदेश्यका साथमा सरकारको निती नियमहरु के कस्ता रहेका छन ? के कस्ता योजनाहरु रहेका छ ? भन्ने जानकारी प्रदान गर्न यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
साथै सम्बन्धीत निकायसंगको सहकार्य कसरी बढाउने ? कसरी योजन ासंग जोडिने भन्ने विषयवस्तुमा रहेर पनि यो कार्यक्रमको आयोजना गरीएको उहाँको भनाइृ रहेको छ । भीमदत्त नगरपालिका ३ की मन्जु गुरुधामीले संस्थाले विभिन्न तालिम र विभिन्न विउँविजन सहयोग गरेको बताउनु भयो ।
अहिले संस्थाले काक्रा, फर्सी, टमाटर, सिमला र टनेल सहयोग गरेको र त्यसैमा तरकारीहरु उत्पादन गर्ने योजना रहेको बताउनु भयो । साथै कृषकहरुले उत्पादन गरेको चिजवस्तुको आफैले दर कायम गर्न नस्कने अवस्था रहेको बताउनु भयो ।
स्थानीय स्तरमा कृषकहरूलाई पुनरुत्पादन कृषीका अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने, आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने तथा सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा बोल्दै वक्ताहरूले रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले कृषि उत्पादन प्रणालीमा दीर्घकालीन असर पारिरहेको उल्लेख गर्दै वातावरणमैत्री र दिगो कृषि प्रणालीको विकासका लागि पुनरुत्पादन कृषीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
साथै, कृषकहरूको आयस्तर वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता तथा प्राकृतिक स्रोतहरूको संरक्षणका लागि समेत यस अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।
Comments are closed.