भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर संक्षिप्त कार्यक्रम गरिएको छ ।रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ ।

कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझ्न नचाहेको बताउँदै उनले अहिले भने भानुभक्त सर्वस्वीकार्य भएको बताए । ‘कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझेनन् वा बुझ्न चाहेनन् । कहिलेकाहीँ अतिवादले चेतनालाई बन्धक बनाइदिन्छ । तर अहिले नेपाली समाजलाई भानुभक्तबारे अतिवाद छैन । उहाँ सर्वस्वीकार्य हुनु भएको छ ।’

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.