मन्त्रिपरिषदको बैठक आकस्मिक बस्दै

मन्त्रिपरिषदको बैठक आज आकस्मिक बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको छ ।

मन्त्रिपरिषद बैठक बस्नुअघि आजै विहान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.