प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार

 प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिनुभएको थियो । त्यसैले प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयमा आज मन्त्री थप गर्नुभएको हो ।

 थपिएका मन्त्रीहरुमा नेकपा दार्चुलाका नेता गणेशसिंह ठगुन्ना सामान्य प्रशासनमन्त्री बन्नुभएको छ । यस्तै टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी तथा सरसफाइ मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, प्रेम आले वन मन्त्री, गौरी शंकर चौधरी श्रम तथा रोजगार मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री, भानुभक्त ढकाल पर्यटन मन्त्री, हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री, लीलानाथ श्रेष्ठ कानून मन्त्री, शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री, पद्मा अर्याल कृषि मन्त्री, कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बन्नुभएको छ ।

 यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बन्नुभएको छ । यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बन्नुभएको छ ।

 भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।सामान्य प्रशासन मन्त्री बन्नुभएका नेता ठगुन्ना सहित नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालय सितलनिवासमा सपथ ग्रहण समेत गरिसकेको नेकपा दार्चुलाका नेता सुरेन्द्र महताले जानकारी दिनुभयो ।संविधानसभा हुदै प्रतिनिधिसभासम्म प्रतिनिधित्व गर्नुभएका दार्चुलाबाट निर्वाचित पूर्व सासंद गणेश ठगुन्नाको यसपटक मन्त्री बन्ने सम्भावना प्रवल रहेको भनेर विगतदेखि नै राजनीतिक बृतमा चर्चा हुदै आएको थियो ।

 नेपाली काग्रेशको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसक्नुभएका र पटकपटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका काग्रेश केन्द्रिय सदस्य एबं सामानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बन्नुभएका नेपाली काग्रेश दार्चुलाका नेता दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेर केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्नुभएका पूर्व सासंद ठगुन्नालाई विषम परिस्थितिमा बालुटारको यात्रा गर्ने अवसर पाइएकोले अपेक्षाकृत काम गर्न निकै चुनौति रहेको उहाँ निकट नेताहरु बताउछन् ।

सम्बन्धित

Comments are closed.