लकडाउन गरिएको एक वर्ष पुरा

 नेपालमा कोरोना संक्रमणवाट बच्न लकडाउन गरिएको एक वर्ष पुरा भएको छ ।गत वर्ष चैत ११ गते अर्थात आजकै दिनदेखि कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो ।

पटक पटक गरी चार महिना सम्म लकडाउन भएको थियो। विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि  गत साउन ६ देखि लकडाउन हटाएको थियो। लकडाउन हटेपछि बजार‚ पसल खुले।

ढिलो गरी भए पनि शैक्षिक संस्था खुले। सबै क्षेत्रमा चहलपहल बढ्यो। पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै पनि गयो।

तर, छिमेकी मुलुक रतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको छ।

लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ। भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.