नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले पनि साथ छोड्ने तयारी गरेका छन् ।
चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफुहरुको समर्थन कायमै रहेको बताएको थियो ।
कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा कर्णालीसहित सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको थियो । कर्णाली प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद छन् । यस्तै नेपाली कांग्रेसका छ जना र राप्रपाका एक सांसद छन् ।
Comments are closed.