गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट मुक्त भएका छन् । सांसद पद मुक्त भएसँगै थापा गृहमन्त्रीबाट स्वतः पद मुक्त भएका छन् ।
नेकपा एमालेमा प्रवेश गरेपछि गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी गराएको हो।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो।

Comments are closed.