नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै कांग्रेसको बैठक बस्न लागेको छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।