सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री भट्टले मंगलवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएका हुो । शुक्रबार सत्ता साझेदार एमालेकै केपी शर्मा ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए । एमालेकै माधव नेपाल पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वास नै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो । सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गर्नु भएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।
आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको जनाइएको छ। सरकारले सोमवार विश्वासको मत लिन खोजेको तर कांग्रेसले बिरोध गरेपछि मंगलवारका लागि सरेको नेपाली कांग्रेस सुुदुरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले बताउनु भयो । जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यहाँको संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य रहेकोमा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए ।
Comments are closed.