धौलीगंगा जलविद्युत् आयोजनाको बाँध बिहीबार बिहान ७ बजेबाट खोलियो , सतर्क रहन आग्रह

 भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँध बिहीबार बिहान ७ बजेबाट खोलिएको छ । बाँधमा जम्मा भएको बालुवा, माटोलगायत वस्तु हटाउन आज दिनभरि बाँध खोलिने जिल्ला प्रशासन कार्यालयले बुधबार सूचनामार्फत जनाएको छ ।

प्रशासनका अनुसार भारतको एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बाँधमा सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि बाँधको ढोका खोलिएपछि महाकाली नदीमा पानीको सतह बढेर तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नदी तटीय क्षेत्र व्यास गाउँपालिका–५ धौलाकोटदेखि तल्लो क्षेत्रका नागरिकलाई नदी छेउछाउ नजान अनुरोध गर्दै जिल्ला प्रशासनले सूचनासमेत प्रकाशन गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.