देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद् विस्तारमा छलफल केन्द्रित भएको बताईएको छ। शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ।

सम्बन्धित

Comments are closed.