कर्णाली र सुदूरपश्चिममा आज पानी र हिउँ पर्ने सम्भावना
पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै
कर्णाली र सुदूरपश्चिममा शनिबार पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव र न्युनचापीय प्रणालीका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा दिउँसोतिर हल्का पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
तराईमा दिउँसोदेखि मौसम सफा रहने उहाँले बताउनुभयो । तराईमा पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै गएको उहाँले जानकारी दिनुभयो ।