एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन प्रतिगामी भाएको आरोप लगाए

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोप समेत लगाए।

शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दावी समेत गरे।

सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरुको सेवा गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

अध्यक्ष ओलीले भने, ‘प्रतिगामी शक्तिहरु देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन्। यो ३ महिनाको अवधिमा देखि सकियो–देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरु हामीले देखिराखेका छौ र यो विपरित बाटो हो।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.