कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटना भएको छ ।
अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा
14 जनाको ज्यान गएको पुष्टि भएको छ ।
हवाई जहाजमा १०० जना मानिसको सङ्ख्या रहेको अधिकारीहरुले बताएका छन् । जसमा ९५ जना यात्रु र पाँच जना हवाई जहाजका सदस्य थिए ।
अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।
Comments are closed.