प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् । समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । महाअभियोग सिफारिस समिति गठन गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले पारित पनि गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गर्नु भएको छ । संसद्को आइतबारको बैठकपछि बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरूले सकारात्मक रुपमा लिएको बताउनु भएको हो ।

शुक्लाफाँटा खबर
5373 posts
Comments are closed.