राष्ट्रपतिद्वारा तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

 

राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतकाे न्यायाधीशमा नियुक्त गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई आज मङ्गलवार सर्वोच्चकाे न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । श्रेष्ठ अहिलेसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

Comments are closed.