सुनको भाउ आज बढ्यो

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलको १३ सय ६० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.