प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध

 

भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ ।नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दुई देशबीच रहेका सीमा विवादकाे विषय स्थापित संयन्त्रबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन । त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.