कञ्चनपुरको बेलौरी बजारमा जथाभाबी सवारी साधन पार्किङ गरे कारबाही

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित बेलौरी बजारमा सवारी साधन जथाभाबी पार्किङ गरिए कारबाही गरिने भएको छ। सोमबार बेलौरी यातायात प्रा.लि. र बेलौरी अस्थायी ट्राफिक पोष्टको सहकार्यमा उक्त निर्णय गरिएको हो। Generator सवारी दुर्घटना न्यूनीकरणका साथै जथाभाबी पार्किङ रोक्न २/२ थान नो पार्किङ बोर्ड र पार्किङबोर्ड अस्थायी ट्राफिक पोष्टलाई हस्तान्तरण गरिएको बेलौरी यातायात प्रा.लि.का सचिव ईश्वरबहादुर चन्दले बताए। पार्किङ निषेध क्षेत्र एवं फुटपाथमा पैदल यात्रु र अन्य सवारीलाई असर पर्ने गरी सवारी साधन पार्किङ गरिएको पाइए तुरुन्त कारबाही गरिने बेलौरी अस्थायी ट्राफिक पोष्ट प्रमुख तेजेन्द्र धामीले बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.