निर्माणाधीन सडकमा पहिरो जाँदा २ मजदुर पुरिए

चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.