मोहनापुल-अत्तरिया ६ लेन सडकमा पुल निर्माणको काम ठप्प

कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकमा पुल निर्माणको काम ठप्प भएको छ। ६ लेन सडकभित्र ३ वटा पक्कीपुल निर्माणका लागि छुट्टाछुट्टै निर्माण कम्पनीसँग सम्झौता गरिएकोमा काम ठप्प रहेको हो। Generator गोदावरी नगरपालिका वडा नम्बर ५ को सुनीखोलामा राजेन्द्र निर्माण सेवासँग ३ करोडमा गत माघको अन्तिम साता निर्माण सम्झौता गरिएको थियो। २० महिनाभित्रै निर्माण सम्पन्न गरीसक्ने गरी सम्झौता गरिएको भए पनि हाल पुल निर्माणको काम ठप्प छ। ठेक्का सम्झौता भएको ५ महिनापछि निर्माण सुरु गरिए पनि पुल निर्माणको काम अहिले आएर पुनः रोकिन पुगेको हो। cp बर्खा सुरु भएकाले बाँकी निर्माणको काम अघि बढाउन नसकिएको राजेन्द्र निर्माण सेवाका निर्देशक रोशन भट्टले बताए। ‘जगको काम करिबकरिब भइसकेको छ,´ उनले भने, `बाँकी काम बर्खा सकिएपछि मात्र सुरु हुन्छ।’ मनहरामा पक्की पुल निर्माणका लागि उच्चाकोटी–शनिदेव–साजेन्द्रस्वर जेभीसँग निर्माण सम्झौता गरिएको छ। Dakxya Neuro २८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी करिब ६ करोडमा पुल निर्माणको सम्झौता गरिएको भए पनि निर्माण सामग्रीमा भएको मुल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै व्यवसायीले काम नै ठप्प पारेर विरोधमा उत्रिएपछि पुल निर्माणको काम बन्द भएको हो। सडक विभागले छुट्टाछुट्टै निर्माण कम्पनीसँग पुल निर्माणका लागि सम्झौता गरेको भए पनि निर्माणको गति हेर्दा निर्धारित मितिमै पुल निर्माण हुनेमा आंशका गरिएको छ। Sonalika २ पुलको निर्माण अघि बढिरहेका बेला पछिल्लो समय निर्माण सामग्रीको मुल्य वृद्धि भएको र त्यसको विरुद्धमा व्यवसायीहरु आन्दोलित भएकाले पुल निर्माणको काम रोकिन पुगेको मोहनापुल अत्तरिया सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले बताए। lali ‘मोहना नदीमा अझै पुल निर्माणको काम सुरु भएको छैन,´ उनले भने, `पुल निर्माणका लागि निरन्तर निर्माण कम्पनीहरुलाई ताकेदा गरे पनि निर्माण सामग्रीको मुल्यवृद्धि भएको भन्दै आन्दोलित भएकाले निर्माण कार्य अघि बढ्न सकिरहेको छैन्।’ नाकासम्मै जोड्नका लागि मोहना नदीमा ‘डबल लेन’को पुल निर्माणका लागि सम्झौता भएको थियो। एक सय २५ मिटर लामो पुल निर्माण गर्न १२ करोड १७ लाखमा रायमाझी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो। कुल २१ करोड १७ लाख लगानीका ३ वटा पुल निर्माणका लागि सडक विभागले छुट्टाछुट्टै निर्माण कम्पनीसँग निर्माण सम्झौता गरेको थियो।

सम्बन्धित

Comments are closed.