प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको हो ।
त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो ।
प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो ।
Comments are closed.