डेढ वर्षभित्र काठमाडौं महानगरका विद्युतका तार भूमिगत हुन्छन् स् बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ भइसक्ने आश्वासन दिएका छन्।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा बोल्र्ख प्रमुख शाहले भने, ‘सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी गराउँदछु।’

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसमा सहकार्यको समीक्षा गरिने बताए।

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहको भनाइ छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.