नेता साउदले सुकुम्बासीलाई भूमीआयोगमार्फत जग्गा दिने…..

नेपाली काँग्रेसका नेता एनपी साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुको समस्या समाधान गर्ने बताउनु भएको छ । मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेता साउदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने बताउनु भएको हो ।

उहाले जति पनि शिविर छन्, शिविरका लागि कार्यक्रम ल्याउँने बताउनु भयो । आरक्षको समस्या आफुहरुले समाधान गर्ने आरक्षको आयोग आफुहरुले गठन गर्ने यही सरकारले गठन गर्ने भन्दै नेपाली काँग्रेसका नेता साउदले आश्वासन दिनु भयो । उहाले आरक्ष आयोग गठन गरेर सरकारले समस्या समाधान गर्ने बताउनु भयो । नेता साउदले सुकुम्बासीलाई भूमीआयोगमार्फत जग्गा दिने पनि बताए।

कञ्चनपुर जिल्लाभित्र भूमिहीनलाई आयोगमार्फत लालपुर्जा पनि वितरण गर्ने यही सरकारले जग्गा दिने भन्दै उहाले भ्रष्टाचार नगर्न र जनताको पक्षमा अनुशासित भएर वास्तविक काम गर्न जनप्रतिनिधिलाई निर्देशन समेत दिनु भयो   एकता गरेर अघि बढ्न नेता कार्यकर्तालाई साउदले आग्रहग र्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.