५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ

 

आज बिहीबारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा आज असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

खोप लगाउन नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । देशभर ५देखि ११ बर्ष उमेर समूहका बालबालिका करिब ३९ लाख छन् ।

सम्बन्धित

Comments are closed.