नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

प्रदेश र जिल्ला स्तरमा नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारी लगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ ।

एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा राम बहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।
उहाहरुले आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महंगी नियन्त्रणमा सरकारलाई दबाव दिने, विपदमा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्ला स्तरमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन गर्ने गुरुङले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.