भारत सरकार द्धारा कैलाली र डडेल्धुरामा एम्बुलेन्स सहित स्कुल बस प्रदान

भारत सरकारले डडेल्धुरामा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ । नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ खंलगामा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई अनुदान सहायता स्वरूप बस प्रदान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरले आईतवार उक्त बस बुझेको बताउनु भयो । यसैगरी भारतीय राजदूतावासले डडेल्धुराकै अजयमेरु गाउँ पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । अजयमेरु गाउँ पालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले उक्त एम्बुलेन्स बुझ्नु भएको हो ।
यस्तै आइतबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित चौमाला बहुमुखी क्याम्पसलाई बस प्रदान गरिएको छ । चौमाला बहुमुखी क्याम्पसका प्रमुख मिनदत्त ढुंगानाले आइतवार उक्त बस बुझेको बताउनु भयो । नेपालमा रहेको भारतीय राजदूतावासले भारतीय राजदूतावासले नेपालभर विभिन्न संघ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैर सरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.