नेपाल सरकारले नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको छ । प्रतिनिधि सभामा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक सरकारले फिर्ता लिएको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरि सकेको छ । तर उक्त विधेयकमा नेपाली पुरुष संग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद रहदै आएको छ ।
नागरिकता विधेयक पारित नभएको हुनाले जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले समेत नागरिकता पाउन बाट वन्चित भईरहेका छन ।