नक्कली नोट सहित दुई जना पक्राउ

नक्कली नोट सहित दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकाली बाट खटिएको प्रहरीको टोलीले सर्लाही बाट काठमाडौ आउदै गरेको ना ३४ प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउपालिका – ३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गा कुमार यादवलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोट सहित पक्राउ गरिएको जानकारी दिनु भएको छ ।
पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्धा सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौ बाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुर बाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.