संसदीय विशेष समिति गठन गरेर अर्थमन्त्री माथि छानबिन हुने

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी दिनु भएको छ । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नु पर्ने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.