अर्थमन्त्री शर्माले पद बाट राजिनामा दिए

छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै अर्थमन्त्री जनार्दन शर्माले पद बाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोप बारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाएको थियो ।
लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरेका छन् । बजेट निर्माणमा आफूले कुनै गल्ती नगरेको उनको दाबी छ ।
विगतमा अर्थमन्त्री माथि प्रश्न उठेर छानबिन हुदा राजीनामा नदिएको भन्दै तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको कुरा शर्माले बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.