गहुँको पिठो र यसका सह उत्पादनहरु निर्यातमा भारतले कडाइ थालेको छ । असार २८ गते देखि लागू हुने गरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सह उत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो । नयाँ नियम पछि अब भारत बाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समिति बाट अनुमति लिनु पर्ने छ ।
गत वैशाख ३० मा गहुँको निर्यात रोके सँगै भारत बाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पिठो लगायतका वस्तु निर्यातको निर्णय बुधबार गरेको समाचारहरुमा जनाइएको छ । विवरणहरु अनुसार अघिल्लो वर्ष अप्रिलमा २६ हजार टन पिठो निर्यात भएकोमा गहुँ निर्यातमा रोक लगाएपछि यस्ता वस्तुको निर्यात एक महनामै ९६ हजार टन पुगेको थियो ।
Comments are closed.