नेपालका लागि भारतका नव नियुक्त राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’सँग भेट गरेका छन् ।
बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरित गृहमा उपराष्ट्रपति पुनलाई भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् । भेटमा दुई देश बीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको बताउँदै व्यापार घाटामा नेपाल उच्च रहेकाले सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।
उपराष्ट्रपति सँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताउनु भएको थियो । उहाले नेपाल सँग भारतको विशिष्ट सम्बन्ध रहेकोले दुई देशको साझा सवालमा सहकार्य गर्नुपर्ने बताउनु भएको थियो । आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने उनको भनाइ थियो ।
शुक्लाफाँटा खबर
5093 posts
सम्बन्धित