कम क्षति हुने गरी गठबन्धनमा जानु पर्ने – कोईराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नजिकिदै गरेको सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानु पर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको समेत बताउनु भएको छ ।
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ता भन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उहाले बताउनु भएको छ ।
फरक प्रसङ्गमा उहाले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताएका छन् । पार्टी सभापतिले सबैलाई मिलाएर हिडाउनु हुन्छ भन्ने आफ्नो चाहना रहेको बताउदै उहाले आफू भागबण्डाका पक्षमा नरहेको जिकिर गर्नु भएको छ ।
आफू संग विचार मिल्ने साथी संग छलफल गर्दा भाग खोज्यो भन्ने हल्ला रहेको पनि उनको भनाइ थियो । कांग्रेस कम्युनिष्ट प्रवृति बाट जान नहुने भन्दै कोइरालाले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानु पर्ने बताएका छन् ।
कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुदैन भन्ने नरहेको उहाको भनाइ रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.