प्रधान सेनापति शर्मा अष्ट्रेलिया भम्रणमा जादै

नेपालका प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जादै हुनु हुन्छ । मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गते सम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भएको छ ।
उहाका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् ।
शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्व ग्रस्त मुलुक र अमेरिका भ्रमण गरेका थिए । उहाले असार ४ देखि ८ गते सम्म लेबनान, असार ८ देखि ९ गते सम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गरेका थिए । उनी असार २० गते नेपाल फर्किएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.