बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा सावन २ गते बाट खोप दिइदै

५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा सावन २ गते बाट खोप दिइदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गते सम्म पहिलो मात्रा फाइजर खोप लगाएका पँच देखि ११ वर्षका बाल बालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो ।
सोमबार देखि साउन ८ गते सम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्र बाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानु पर्ने छ ।
सोमबार देखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।
यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ ।

बाकी ५० जिल्लाका बालबालिकालाई भने भदौ ५ गते देखि ११ गते सम्म पहिलो र भदौ २७ देखि असोज १ गते सम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.