भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ ।
जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले शुक्रबारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उहाले नेपाली संग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनै पर्ने बताएकी छिन् । ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुन्छ’ उहाले भन्नु भयो, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’
शुक्रबारको संसद बैठक बाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।