प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रम सिंघेलाई बधाई तथा शुभकामना दिएका छन् ।
देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फ बाट बधाई तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।
देश आर्थिक संकटमा फसेपछि नागरिक माझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रम सिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो ।
६ कार्यकाल प्रधानमन्त्री बनेका उनले आफू राष्ट्रपति भए लगत्तै दिनेश गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
Comments are closed.