हिन्दु राष्ट्र हुनु पर्ने माग गर्दै राप्रपा नेपालले गर्यो प्रदर्शन

राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनु पर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ ।

यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनु पर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डला बाट जुलुस निकालिएको छ । प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्ता संगै पार्टीका नेताहरुको समेत सहभागिता छ ।

राप्रपा नेपाललाई पुर्नजागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माण संगै सडक केन्द्रीत भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.