नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् ।

खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेश बाट अनिल कर्ण, वागमती बाट डाक्टर मुरारी अधिकारी, गण्डकी बाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधव प्रसाद अर्याल, कर्णाली बाट राजेन्द्र बहादुर कार्की, सुदूरपश्चिम बाट प्रेम चुनारा र काठमाडौं उपत्यका बाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी, समावेशी उपमहासचिवमा अभय कुमार राई निर्वाचित भएका छन् ।

खुला सचिवमा केदार प्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस÷आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् ।

सम्बन्धित

Comments are closed.