नेपाल र बंगलादेश बीच जलस्रोत समितिको सचिव स्तरीय बैठक सुरु

नेपाल र बंगलादेश बीचको जलस्रोत समितिको सचिव स्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि विज्ञ समूह सहितको संयुक्त बैठक सुरु भएको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागर राईले नेतृत्व गरेका छन् भने बंगलादेशको तर्फ बाट जलस्रोत मन्त्रालयका सचिव कबिर विन अनवार सहभागी छन् ।

संयुक्त लगानीमा जलविद्युत् उत्पादन गर्ने विषयमा बैठक केन्द्रित छ । जलस्रोतको उपयोग गर्ने र बाढी नियन्त्रण गर्ने विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको बैकठमा सहभागी एक नेपाली अधिकारीले बताएका छन् ।

जलवायु परिवर्तनको असर कम गर्ने, जलस्रोत उपयोगको अध्ययन र अनुसन्धान बढाउने र जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदान गर्ने विषयले पनि बैठकमा स्थान पाएका छन् ।
करिब एक दशक पछि नेपाल र बंगलादेशको ऊर्जा सचिव स्तरीय बैठक बसेको हो । सन् २००८ मा यो समितिको बैठक बसेको थियो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.