सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरु संगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् ।
प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बिहिबारलाई बैठक राखेर चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । तर प्रचण्डले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्न उपयुक्त हुने कुरा भन्नु भयो । अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने कुरा प्रचण्डले बताउनु भयो ।