कक्षा १२ को नतिजा आगामी भदौमा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौ भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।

सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड–१९ का कारण विद्यार्थीको सिकाईमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडिङ) विधि लागू भयो ।

तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाण पत्र पाउने छन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनु पर्नेछ ।
सैद्धान्तिक तर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने छ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो ।
१६ जेठदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.