ललितपुरमा अन्तर्राष्ट्रिय कानुन सम्बन्धी एसिया क्षेत्रीय सम्मेलन शुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले असंलग्न परराष्ट्र नीतिले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्ने विश्वास व्यक्त गरेकी छन् । शनिवार ललितपुरको जावलाखेलमा अन्तर्राष्ट्रिय कानुन सम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले असंलग्न परराष्ट्र नीतिमा जोड दिएकी हुन् ।

उनले अन्तर्राष्ट्रिय कानूनले केही विषयमा मुलुकको आन्तरिक नीति र विश्वका राष्ट्रहरू बीचको आपसी सम्बन्धलाई मार्ग निर्देशन गरिरहेको विचार व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानले अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा मौलिक दृष्टिकोणहरू अभिव्यक्त गरेको पनि बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सबै प्रकारका युद्धको विरुद्धमा रहेको र राष्ट्रहरूका बीचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यम बाट त्यसको समाधान खोजिनु पर्ने मान्यता राख्ने दोहो¥याएकी छन् । उनले विश्वमा आणविक हतियारको होडबाजी रोकिनु पर्छ भन्ने नेपालको सुदृढ विश्वास रही आएको बताएकी छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.