एकैदिनमा ८ सय ९५ जनामा नयँ कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण सोमवार थप १ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको हो ।

एकैदिनमा ८ सय ९५ जनामा नयँ कोरोना संक्रमण पुष्टि भएको छ । कूल ५ हजार ९ सय ९ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयँ संक्रमित थप भएका हुन् । मन्त्रालयका अनुसार ३ हजार ६ सय ८५ नमूना पीसीआर विधि बाट परीक्षण गर्दा ६ सय ३२ र २ हजार २ सय २४ नमूना एण्टीजेन विधि बाट परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको छ ।

संक्रिय संक्रमित मध्ये ४ हजार ७ सय ९२ जना होम आइसोलेसनमा, १ सय ४२ जना संस्थागत आइसोलेसन, ३६ जना आईसीयू र ५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

त्यसैगरी विगत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमण बाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.