निर्वाचन आयोगले दल दर्ताका लागि आव्हान गर्यो

निर्वाचन आयोगले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर साउन ३१ गते भित्र दर्ता हुन आह्वान गरेको हो ।

राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेश सभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनु पर्नेछ ।

आयोगले दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.