दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्ह बाट निर्वाचन लड्न सक्ने

दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्ह बाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्ह बाट समेत निर्वाचन लड्न सक्ने सुविधा दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउने छन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउने छन् ।

संयुक्त रुपमा उम्मेदवारी दिदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनु पर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दल बाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिने छ ।

तर, आफूहरुले प्रयोग गरेको बाहेक नया निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयँ संसदीय दल गठन गर्न मिल्नेछ । त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदिय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ ।

तर हाल सम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरि सकेका छैनन् । साउन ३१ गते भित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.