सत्ता गठबन्धनका पाच दल बिच चुनावमा तालमेल गर्ने निर्णय

सत्ता गठबन्धनका पाच दलले प्रतिनिधि र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सिट बँ“डफा“टको विषय भने टुङ्ग्याएको छैन । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भएको छ ।

बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष प्रचण्ड शुक्रबार राति १० बजे जापान जादै छन् । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

सम्बन्धित

Comments are closed.